शुक्रबार, कात्तिक २३ गते २०८१

थ्री नेसन्स कप खेल्न लाओसको टिम काठमाडौं आइपुग्यो

थ्री नेसन्स कप खेल्न लाओसको टिम काठमाडौं आइपुग्यो

अखबार दैनिक
सोमबार, चैत ६ २०७९
  • थ्री नेसन्स कप खेल्न लाओसको टिम काठमाडौं आइपुग्यो

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बुधबारदेखि सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कप खेल्न लाओसको टिम काठमाडौं आइपुगेको छ। बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा भुटानसँगै आयोजक नेपाल र लाओसले प्रतिस्पर्धा गर्नेछन्।

    images

    प्रतियोगितामा सहभागी हुन भुटान पनि सोमबार बिहान काठमाडौं आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई पनि एन्फाका प्रवक्ता सुरेश साहले स्वागत गरेका थिए। अर्को शुक्रबार (मार्च ३१) सम्म चल्ने प्रतियोगिताका लागि एन्फाले साधारण प्यारापिटतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट मुल्य कायम गरिसकेको छ।

    उद्घाटन खेलमा नेपालले बुधबार लाओससँग खेल्ने छ। यस्तै, भुटानसँग शनिबार खैल्ने छ। समूह चरणबाट शीर्ष दुई टिमले अर्को शुक्रबार हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। समूह चरणका सबै खेल साँझ ६ बजेदेखि सुरु हुनेछन् भने फाइनल ५ : ३० बजेदेखि हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार