शुक्रबार, वैशाख २१ गते २०८१

महिला कर्मचारीसित अनैतिक कार्य गर्ने कृषि विश्वविद्यालयका डिन दत्त निलम्बन

महिला कर्मचारीसित अनैतिक कार्य गर्ने कृषि विश्वविद्यालयका डिन दत्त निलम्बन

अखबार दैनिक
शुक्रबार, चैत ३ २०७९
  • महिला कर्मचारीसित अनैतिक कार्य गर्ने कृषि विश्वविद्यालयका डिन दत्त निलम्बन

    चितवन, ३ चैत। कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।

    images

    गत मङ्गलबार भएको जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको थियो । त्यस्ता दुईवटा भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरेर छानबिन समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।

    पन्ध्र दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको उनले बताउनुभयो । विश्वविद्यालयले डिन दत्तलाई निलम्बनको पत्र बुझाएको छ । डिन दत्तलाई तत्काल कारबाही गर्न चौतर्फी दबाब परेपछि निलम्बन गरिएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार