शुक्रबार, मंसिर ७ गते २०८१

सन्दीपको ५ विकेटमा पीएनजीद्वारा नेपाललाई ९६ रनको लक्ष्य

सन्दीपको ५ विकेटमा पीएनजीद्वारा नेपाललाई ९६ रनको लक्ष्य

अखबार दैनिक
सोमबार, फागुन २९ २०७९
  • सन्दीपको ५ विकेटमा पीएनजीद्वारा नेपाललाई ९६ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग २ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितको लागि ९६ रनको सामान्य लक्ष्य दिएको छ । 

    images

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको पीएनजीले नेपाको कसिलो बलिङ सामु खुलेर ब्याटिङ गर्ने सकेन् । पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाए र मात्रै ९९ रन बनाउन सक्यो ।  

    नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले सानदार बलिङ गरे उनले १० ओभर बलिङ गरेर ५ विकेट लिए ।  यस्तै ललित नारायण राजवंम्सी र कुशल मल्लले समान २ र सोमपाल कामी १ विकेट लिए । 

    यता पीएनजीका लागि असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८, चाल्स अमिनि १६, हिरि हिरिले १८ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् । 

    नेपालले यस अघि आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ