शुक्रबार, मंसिर ७ गते २०८१

सन्दीपको बलमा आउट भए पीएनजीका कप्तान

सन्दीपको बलमा आउट भए पीएनजीका कप्तान

अखबार दैनिक
सोमबार, फागुन २९ २०७९
  • सन्दीपको बलमा आउट भए पीएनजीका कप्तान

    काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको खेल जारी छ।

    images

    त्यस अघि दोस्रो ओभरको पाँचौ बलमा किप्लिन डोरिगालाई लिलित राजवंशीले आउट गरेका थिए भने अर्का ओपनर हिरि हिरि सोमपाल कामीको बलमा करन केसीले क्चाच आउट गरे। अहिले पीएनजी २१औँ औभरमा ७५ रन बनाएर खेलिरहेको छ।

    नेपालका स्पिनर सन्दीप लामिछानेले पीएनजीको चौथो विकेट लिए। उनले पीएनजीका कप्तान अर्सद बालालाई आउट गरे। उनी २० रन बनाएर सन्दीपको बलमा ललित राजवंशीबाट क्याच आउट हुन पुगे।  तेस्रो विकेट पनि सन्दीपले नै लिएका थिए। उनले सेसे बाउलाई सन्दिपले आउट गरे। उनी १८ रन बनाएर पेभिलिएन फर्किएका हुन्। पीएनजी टस हारेर अहिले ब्याटिङ गरिरहेको छ। र, पीएनजीले चार विकेट गुमाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ