शुक्रबार, मंसिर ७ गते २०८१

नेपालको ३ विकेट गुम्यो, असिफ सेख शतक नजिक

नेपालको ३ विकेट गुम्यो, असिफ सेख शतक नजिक

अखबार दैनिक
बिहीबार , फागुन २५ २०७९
  • नेपालको ३ विकेट गुम्यो, असिफ सेख शतक नजिक

    काठमाडौं : आइसीसी विश्वकप लिग टू त्रिकोणत्मक सिरिजमा नेपाल र  पपुवान्युगिनी  पीएनजीबीचको खेल जारी छ। 

    images

    टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको छ। ३३ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाए १ सय ७५ रनमा बनाएको छ। 

    नेपालले १ सय १० रनमा पहिलो विकेट गुमायो। कुशल भुर्तेल ४२ रन बनाएर आउट भए। त्यसपछि ब्याटिङमा आएका कुशल मल्ल २ रन बनाएर पेभिलियन फर्किए।  नेपालले १२० रन बनाउँदा दोस्रो विकेट गुमायो। त्यसपछि ब्याटिङमा आएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको पनि ब्याटिङ चलेन उनी व्यक्तिगत ११ रन बनाएर आउट भए। उनी पछिल्लो समय खराब लयमा छन्। नेपालले तेस्रो विकेट १ सय ४५ रन बनाउँदा गुमायो। 

    अहिले ओपनर असिफ सेख ९४ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिइरहेको कप्तान रोहित पौडेल १८ रन बनाएर मैदानमा छन्।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ