काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा बायर्नले पीएसजीलाई २-० ले हराएर समग्रमा ३-० को जित निकालेको हो ।
पहिलो लेगमा बायर्नले पीएसजीलाई उसैको मानमा १-० ले पराजित गरेको हो । दोस्रो लेगमा बायर्नका लागि एरिक म्याक्सिम चौउपो मोटिङले ६१औं र सर्ज जीनाब्रीले ८९औं मिनेटमा गोल गरे ।