मंगलबार, असोज १ गते २०८२

राष्ट्रिय फुटबल टोलीका सदस्य सुनिल बल पनि अष्ट्रेलिया उडे

राष्ट्रिय फुटबल टोलीका सदस्य सुनिल बल पनि अष्ट्रेलिया उडे

अखबार दैनिक
मंगलबार, फागुन २३ २०७९
  • राष्ट्रिय फुटबल टोलीका सदस्य सुनिल बल पनि अष्ट्रेलिया उडे

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सुनिल बल अस्ट्रेलिया उडेका छन्। 

    बललाई अष्ट्रेलियाको नेपाली क्लबले स्थानीय प्रतियोगितामा भाग लिन आमन्त्रण गरेको छ। बल  ए डिभिजन लिगका लागि स्वदेश फर्किने हो कि छैन भन्ने निश्चित छैन्। उनी संकटा क्लबसँग आवद्ध छन्। नेपालको कमजोर फुटबल संरचना र त्यसबाट जीवन निर्वाह गर्न कठिनाइका कारण खेलाडीहरु नेपाल छाड्न बाध्य छन्।

    फुटबलका ३० खेलाडीले आफ्नो करियर छाडेर रोजगारीका लागि अष्ट्रेलिया पुगेका छन्। अस्ट्रेलिया जाने ३० खेलाडीमा राजन गुरुङ, रुमेश बर्तौला, रवि थिङ, आमिर श्रेष्ठ, मिच्छेन तामाङ, सन्तोष तामाङ, दर्शन गुरुङ, विमल बस्नेत हेमन गुरुङ, विमल राणा, रोहित कार्की र एलन न्यौपाने रहेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार