नवलपुर । इन्द्रावती गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष रनिङ कप फुटलब प्रतियोगिता २०८९ सुरु भएको छ । आईतबार इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नेपालले रेफ्रिलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष नेपालले खेल क्षेत्रको पनि पालिका विकासमा उत्तिकै भुमिका हुने भएकाले हरेक क्षेत्रलाई सरह यसलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो । खेल क्षेत्रले पनि पालिका समृद्ध हुने आधार निर्माणका लागि टेवा पुर्याउने भएकाले यसलाई पनि मत्वपुर्ण ढङले हेर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा इन्द्रावती गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले खेल, खेल जस्तो हुनुपर्ने बताउनुभयो । उहाँले प्रतियोगितामा धेरै खेल बिथोलिने समस्याहरु देखिएकोले अनुशासनलाई ध्यानमा राखि खेल खेल्न खेलाडीहरुलाई अनुरोध समेत गर्नुभयो । उहाँले फिफाका रेफ्रिहरुले अनुशासित तरिकाले खेल खेलाउने बिश्वास व्यत्त गर्नुभयो ।
यस्तै वडा नं ४ का वडाध्यक्ष क्षेत्र बहादुर तामाङले खेललाई अनुशासन पुर्व सम्पन्न गर्नु पर्नेमा जोडदिनुभयो । उहाँले खेलाडीहरुले पालिका स्तरीय मात्रै नभई जिल्ला स्तरीय हुदै राष्ट्रिय स्तर सम्मका खेलहरु खेल्नु पर्ने आवश्यक रहेको बताउनुभयो ।
यस प्रतियोगिताको विजेताले नगद एक लाख दोस्रो हुनेलाई ६० हजार र तेस्रो हुनेलाई ४० हजारको पुरस्कारको व्यवस्था रहेको इन्द्रावती गाउँपालिका प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।
खेल तीन दिनसम्म सञ्चालन हुने छ । कार्यक्रम गाउँसभा खेलकुद समितिका संयोजक विर बहादुर तामाङको सभाध्यक्षता भएको थियो ।
गत संस्करणको उपाधि वडा नम्बर पाँचले जितेको थियो । फाइनल खेलमा वडा नम्बर तीनलाई २-१ गोलले हराउँदै उपाधि जितेको थियो ।