शनिबार, मंसिर ८ गते २०८१

थाम लुवाङ गुफाबाट उद्धार गरिएका फुटबल खेलाडीको बेलायतमा मृत्यु

थाम लुवाङ गुफाबाट उद्धार गरिएका फुटबल खेलाडीको बेलायतमा मृत्यु

अखबार दैनिक
बुधबार, फागुन ३ २०७९
  • थाम लुवाङ गुफाबाट उद्धार गरिएका फुटबल खेलाडीको बेलायतमा मृत्यु

    सन २०१८ मा थाइल्याण्डस्थित छियाङ राई प्रान्तमा भएको थाम लुवाङ गुफाबाट उद्धार गरिएका १२ किशोरमध्येका जुङ्फेकको बेलायतमा मृत्यु भएको हो। बाढिका कारण पानीको सतह बढेसँगै जुङ्फेक गुफामा प्रशिक्षक र थाई फुटबल टोलीसँगै २ हप्तासम्म फसेका थिए। यो उद्दारको घटनाले संसारभरी नै चर्चा पाएको थियो ।

    images


    जुङ्फेकको मृत्युको ठोस कारण खुल्न बाँकी छ। उनको टाउकोमा चोट लागेको बीबीसीले जनाएको छ। उनकी आमाले छियाङ राई प्रान्तस्थित वाट डोइ वाओ टेम्पलमा जुङ्फेकको मृत्यु भएको जानकारी गराईन्।

    टेम्पलले जुङ्फेकप्रति शोक व्यक्त गरेको छ। जुङ्फेकसँगै गुफामा परेका साथीहरुले पनि सामाजिक संजालमा दुःख व्यक्त गरेका छन्।

    जुङ्फेक ‘वाईल्ड बोर्स’ (मू पा) फुटबल टोलीमा थिए। ११–१६ वर्ष उमेरका खेलाडीको उपस्थिति भएको सोही टोली थाइल्याण्डको चौथौ विशाल गुफामा फसेको थियो। त्यसबेला जुङ्फेक १३ वर्षका थिए।

    १०० भन्दा बढि थाइ तथा विदेशी गोताखोरको नियमित २ हप्ताको खोजपश्चात टोलीको उद्धार भएको थियो। सोही घटनामा आधारित रहेर विभिन्न चलचित्र र सिरियल बनेका छन्। गत वर्ष नेटफिल्क्सले ६ अंकको श्रृङ्ख्ला निर्माण गरेको थियो। सन् २०२२ मा १७ वर्षीय जुङ्फेक लाई लेस्टर शायरस्थित ब्रुक हाउस कलेज फुटबल एकेडेमीमा भर्ना गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ