मंगलबार, असोज १ गते २०८२

एकदिवसीयमा रोहित र कुशलको कीर्तिमानी साझेदारी

एकदिवसीयमा रोहित र कुशलको कीर्तिमानी साझेदारी

अखबार दैनिक
मंगलबार, फागुन २ २०७९
  • एकदिवसीयमा रोहित र कुशलको कीर्तिमानी साझेदारी

    काठमाडौं : एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र कुशल भुर्तेलले कीर्तिमानी साझेदारी गरेका छन्। 


    विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा दोस्रो इनिङमा रोहित र कुशलले तेस्रो विकेटका लागि कीर्तिमानी एक सय ३३ रनको साझेदारी गरे। यसअघि देव खनाल र दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीसँग एक सय २९ रनको कीर्तिमान बनाएका थिए।

    नामिबियाविरुद्ध दुई ८६ रनको लक्ष्य पछ्याइरहेको नेपाल ३३.२ ओभरमा ३ विकेट गुमाएर १. ८६ रन बनाएर खेलिरहेको छ। रोहित ७२ रन बनाएर पेभेलियन फर्किँदा कुलश ८१ रन बनाएर खेलिरहेका छन् भने नयाँ ब्याटर कुशल मल्ल क्रिजमा उत्रिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार