शनिबार, मंसिर ८ गते २०८१

भान लिगेनको शतकमा नेपाललाई २८६ रनको लक्ष्य, करणले लिए ५ विकेट

भान लिगेनको शतकमा नेपाललाई २८६ रनको लक्ष्य, करणले लिए ५ विकेट

अखबार दैनिक
मंगलबार, फागुन २ २०७९
  • भान लिगेनको शतकमा नेपाललाई २८६ रनको लक्ष्य, करणले लिए ५ विकेट

    २ फागुन,  काठमाडौं । माइकल भान लिगेनले शानदार शतक प्रहार गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले भान लिगेनले १३३ रन बनाएपछि ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो । कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे । लिग टु अन्तर्गत पछिल्लो पटक डिसेम्बरमा नामिबियामै भएको खेलमा पनि भान लिगेनले शतक र एरासमसले अर्धशतक प्रहार गरेका थिए ।

    बलिङतर्फ नेपालका लागि करण केसीले ५ विकेट लिए । ११औं ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५-२ को अवस्थामा रहेको नामिबियाको इनिङ्स उनै भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हालेका थिए । यी दुईले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे । त्यसअघि लो हान्ड्रे लाउरेन्स ५ र कार्ल बिर्केन्स्टोक १३ रन बनाएर आउट भए ।

    भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए । भान लिगेनले ओडिआईमा तेस्रो शतक हो भने नेपाल विरुद्ध उनले लिग टु मा लगातार दोस्रो शतक प्रहार गरेका हुन् । यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपाल विरुद्ध १२१ रन बनाएका थिए ।


    तेस्रो ओभरै तेस्रो नम्बरमा ब्याटिङ गरेका भान लिगेनलाई नेपालका करण केसीले ४७औं ओभरमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराएका हुन् । कप्तान एरासमसले ७९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन जोडे । विकेटकिपर जान ग्रीनले १९ बलमा ३४ रन बनाउदा ४ चौका र १ छक्का प्रहार गरे ।

    जान फ्रांकलिनले १३ र जान निकोल लोफ्टी एटोन ८ रनमा आउट भए । पिक्की या फ्रान्स २ रनमा आउट भए । नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

    नाबालिग बलात्कारका आरोपी सन्दीप लामिछानेले ६६ रन दिएर ३ विकेट लिए । बलात्कारको आरोप लागेका व्यक्तिलाई राष्ट्रिय टिममा राखेको भन्दै नेपाल क्रिकेट संघको चर्को आलोचना भए पनि उनी मैदान उत्रिएका थिए ।

    सोमपाल कामीले र कुशल मल्लले १-१ विकेट लिए । सोमपालले खेलको तेस्रो ओभरमै नेपालका लागि पहिलो विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ