शनिबार, मंसिर ८ गते २०८१

एमबाप्पे र मेसीविना पीएसजी पराजित

एमबाप्पे र मेसीविना पीएसजी पराजित

अखबार दैनिक
आइतबार, माघ २९ २०७९
  • एमबाप्पे र मेसीविना पीएसजी पराजित

    २९ माघ, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकझसँग पराजित भएको छ । स्टार खेलाडी किलियन एमबाप्पे र लिओनल मेसीबिना मैदान उत्रेको पीएसजी मोनाकोसँग ३-१ ले पराजित भएको हो । एमबाप्पे र मेसी चोटका कारण दुवै खेलाडी खेलेका थिएनन् ।

    images

    घरेलु मैदानमा मोनाकोका लागि विसम वेन यडरले दुई गोल गरे । उनले १८औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । त्यसअघि अलेक्जान्डर गोलोभिनले चौथो मिनेटमा गोल गरेका थिए ।

    पीएसजीका लागि वारेन जइरे एमेरीले ३९औं मिनेटमा एक गोल गरेका थिए । पराजित पीएसजी २३ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा छ । पीएसजीलाई हराएको मोनाको २३ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । ४९ अंकसहित मार्से दोस्रो स्थानमा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ