शनिबार, मंसिर ८ गते २०८१

 यू–२० महिला च्याम्पियनसिप फाइनल आज, नेपालले नयाँ रणनीति अपनाउने

 यू–२० महिला च्याम्पियनसिप फाइनल आज, नेपालले नयाँ रणनीति अपनाउने

अखबार दैनिक
बिहीबार , माघ २६ २०७९
  •  यू–२० महिला च्याम्पियनसिप फाइनल आज, नेपालले नयाँ रणनीति अपनाउने
     

    साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । यो खेलमा नेपाल नयाँ रणनीतिका साथ मैदान उत्रिने छ ।

    images
    फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेल हारे पनि त्यसपछि प्रदर्शनमा सुधार गर्दै नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो । साविक विजेता तथा बलियो टोली भारत विरुद्ध एक गोलले पछि परेपनि ३–१ को शानदार पुनरागमन जित निकालेको नेपाली टोली अहिले लयमा छ ।

    खेल्ने शैली परिवर्तन हुनेछ : मुख्य प्रशिक्षक गुरुङ

    नेपालका मुख्य प्रशिक्षक याम बहादुर गुरुङले बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा नयाँ रणनीतिमा मैदान उत्रने बताए । ‘निश्चय नै बंगलादेशलाई घरेलु मैदानको फाइदा छ । तर हामी राम्रो प्रतिस्पर्धा गर्नेमा विश्वस्त छौँ । हामी अर्कै तरिकाले खेल्नेछौं । शैली परिवर्तन हुनेछ ।’ गुरुङले भने ‘हामीलाई बंगलादेशको कमजोर पक्ष थाहा छ र हामी त्यसैलाई केन्द्रित गरेर खेल्नेछौं ।’

    उता घरेलु टोली बंगलादेशका प्रशिक्षक घोलम रब्बानीले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘फाइनल प्रतिस्पर्धात्मक र उत्साहित हुनेछ,’ रब्बानीले भने, ‘नेपाल राम्रो टिम हो । बलियो टोली भारतलाई हराएको छ । त्यसैले फाइनल प्रतिस्प्रधात्मक हुनेछ ।’

    घोलमकै प्रशिक्षणमा बंगलादेशको सिनियर महिला टोलीले गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ