बुधबार, कात्तिक २१ गते २०८१

नेपाली फ्यानले मनाए नेयमारको जन्म दिन

नेपाली फ्यानले मनाए नेयमारको जन्म दिन

अखबार दैनिक
सोमबार, माघ २३ २०७९
  • नेपाली फ्यानले मनाए नेयमारको जन्म दिन
     

    काठमाडौं । ब्राजिलियन फुटबलका उत्कृष्ट फर्वार्ड नेयमारको जन्म दिन नेपालमा पनि मनाइएको छ । फ्यानहरूले काठमाडौंको नयाँ बानेश्वरको एक अनाथ आश्रममा विशेष कार्यक्रमको आयोजना गरेर आइतबार साँझ नेयमारको जन्म दिन मनाएका हुन् ।

    images

    नेपाली फुटबलर सुनिल बलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेयमारको जर्सीसहितको केक काटेर फ्यानहरूले उनको जन्मदिन मनाएका हुन् । कार्यक्रममा नेयमारको जर्सीसहित तस्वीर पनि प्रदर्शन गरिएको थियो ।

    कार्यक्रममा नेपाल समाजवादीकी केन्द्रीय सदस्य जेसिका लामाले नेयमारको जन्म दिनको अवसरमा उक्त आश्रममा खाद्य सामग्री पनि वितरण गरकी थिइन् ।

    फेब्रुअरी ५, १९९२ मा ब्राजल साओ पाओलोमा जन्मेका नेमार जुनियर आजदेखि ३१ वर्षमा प्रवेश गरेका छन् ।

    व्यावसायिक करियर ब्राजिलको सान्तोस एफसीबाट सुरु गरेका नेयमारले छिट्टै आफूलाई विश्वकै आशा लाग्दो युवा खेलाडीको रूपमा स्थापित गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार