काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज जितेको छ । बुधबार भएको सिरिजको तेस्रो खेल भारतले १६८ रनको फराकिलो जित हासिल गर्दै सिरिज २-१ ले जितेको हो ।
भारतले दिएको २३५ रन्को विशाल लक्ष्य पछाएको न्यूजील्याण्ड १२.१ ओभरमा केवल ६६ रन बनाएर अलआउट भएको थियो ।
न्यूजील्याण्डलाई सस्तैमा आउट गर्न कप्तान हार्दिक पाण्डेयले ४ विकेट लिएका थिए भने अर्शदीप सिंह, उमरान मलिक र शिभम माभीले २/२ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २३४ रन बनाएको थियो । भारतका लागि शुभमन गीलले ६३ बलमा १२६ रनको आक्रामक पारी खेलेका थिए ।
यस खेलको प्लेयर अफ द म्याच हार्दिक पाण्डेय भएका थिए भने यस सिरिजको प्लेयर अफ द सिरिज शुभमन गील बनेका थिए । यसअघि सम्पन्न एकदिवसीय सिरिज भारतले ३-० ले जितेको थियो ।