शनिबार, मंसिर ८ गते २०८१

भारतले जित्यो पहिलो संस्करणको यू-१९ महिला टी-२० विश्वकपको उपाधि

भारतले जित्यो पहिलो संस्करणको यू-१९ महिला टी-२० विश्वकपको उपाधि

अखबार दैनिक
सोमबार, माघ १६ २०७९
  • भारतले जित्यो पहिलो संस्करणको यू-१९ महिला टी-२० विश्वकपको उपाधि

    १६ माघ, काठमाडौं । भारतले पहिलो पटक आयोजना भएको आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि जितेको छ ।

    images

    आइतबार साउथ अफ्रिकाको पोचेस्ट्रोमस्थित सेनवेस पार्कमा भएको फाइनलमा इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

    इंग्ल्याण्डले दिएको ६९ रनको सामान्य लक्ष्य भारतले १४ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो ।भारतका लागि गोन्गाडी त्रिसाले २४ रन बनाइन् । यस्तै सौम्य तिवारीले अविजित २४ रन योगदान गरिन् । कप्तान सफाली बर्माले १५ रन बनाइन् ।


    इंग्ल्याण्डकी हानाह बेकर, ग्रेस स्क्रिभेन्स र एलेक्सा स्टोनहाउसले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड भारतीय बलिङ सामु टिक्न नसक्दा १७.१ ओभरमै ६८ रनमा अलआउट भयो ।

    इंग्ल्याण्डका लागि राएना म्याकडोनाल्ड गेले १९ रन बनाइन् । भारतकी तितास साधुले ४ ओभरमा ६ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै अर्चना देवी र पार्शभी चोपराले पनि समान २ विकेट लिए ।

    कप्तान शफाली र मन्नत कश्यपले १-१ विकेट लिइन् । प्रतियोगितामा इंग्ल्याण्डकी ग्रेस स्क्रिभेन्स प्लेअर अफ दि सिरिज घोषित भइन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ