माघ १० अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भलिबल खेलप्रतिको घट्दो आकर्षण बढाउन र राष्ट्रिय खेलाडी उत्पादनका लागि आई लभ यु युवा समूह पाणिनी-२ ले सोही प्रतियोगिताको आयोजना गरेको हो। भलिबल खेलमा अर्घाखाँची बुलेटिनको समूहलाई पराजित गर्दै पाल्पाको श्रीनगर भलिबल संघले विजयी हासिल गरेको छ ।
फाइनल खेलमा पाल्पाले अर्घाखाँची बुलेटिनलाई विजयी भएको ३ सेटमा क्रमशः २५–१०, २५–२१ र १९–१७ ले पराजित गरेको हो । भलिबल खेलमा प्रथम पुस्कार १ लाख १ हजार १ सय ११ रूपैयाँ र द्वितीय हुनेलाई ६० हजार ६ सय ६६ रूपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै खेलमा पाणिनी स्पोर्टस एकेडेमीलाई पराजित गर्दै परिवर्तित युवा क्लब पाणिनी-५ मैदानले तृतीय भएको छ । तृतीयलाई ४० हजार ४ सय ४४ रूपैयाँ सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरेको क्लबका अध्यक्ष लोकराज रसाईलीले बताउनुभयो । प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो ।
भलिबल पहाडी क्षेत्रमा निकै लोकप्रिय खेल हो । पछिल्लो समयमा यसको विकासमा कसैको ध्यान जान सकेको थिएन । त्यसलाई मध्ये नजर गर्दै आई लभ यु युवा क्लबले प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष रसाईलीले बताउनुभयो ।