काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियल म्याड्रिड विजयी भएका छन् ।आइतबारा राति भएको खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा करिम बेन्जमा र टोनी क्रुजले १/१ गोल गरेका थिए ।
उक्त जितसँगै रियल म्याड्रिडको १७ खेलमा ४१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड बार्सिलोनाभन्दा ३ अंकले पछाडी रहेको छ । यता पराजित एथलेटिक क्लबको १८ खेलमा २६ अंक छ र लिगमा आठौ स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा पेड्रीले खेलको ३५औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उक्त जितसँगै बार्सिलोनाको १७ खेलमा ४४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । यता गेटाफेको १८ खेलमा १७ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।