मंगलबार, मंसिर ११ गते २०८१

हुम्लामा भारी हिमपात ( तस्वीरहरू)

हुम्लामा भारी हिमपात ( तस्वीरहरू)

अखबार दैनिक
शुक्रबार, माघ ६ २०७९
  • हुम्लामा भारी हिमपात ( तस्वीरहरू)

    माघ ६ पोखरा । कर्णालीका हिमाली जिल्लाहरूमा शुक्रबार बिहानबाट भारी हिमपात सुरु भएको छ । हिमपात हुँदा केही समय जनजीवन प्रभावित बने पनि किसान हर्षित बनेका छन् ।

    images

    325032652_578949273662446_40957154613064687_n.png

    हिमाली जिल्ला हुम्ला सदरमुकाम सिमकोटसहित अन्य पालिकामा हिमपात हुँदा स्थानीय बाहिर निस्किन सकेका छैनन् । हुम्लाको नाम्खा गाउँपालिकामा एक फिटभन्दा बढी हिउँ परेको छ । अब हिउँदे बाली राम्रो हुने भयो । जमिनमा हिउँ रह्यो वा पर्‍यो भने माटो मलिलो बनाउँछ, जमिन सुख्खा हुन पाउँदैन,’ स्थानीय कुन्साङ छोर्तेन लामाले भनिन्, ‘अहिले परेको हिउँले चैत, बैशाखमा खेतीपाती गर्न सजिलो हुने भयो ।’

    325215775_480253214300504_6508392129624081349_n (1).png

    अघिल्ला वर्षहरुभन्दा यो वर्ष केही ढिलो गरी हिमपात भएको कुन्साङले जानकारी दिइन् । उनले अघिल्ला वर्षमा मंसिर अन्तिम र पुसमै पर्ने हिउँ यसपालि माघमा पहिलोचोटि परेको हो ।

    322517473_2376245939206710_7023302144993310052_n.png

    ‘हिउँदमा अत्याधिक जाडो हुने भएकाले बाहिर निस्किन सम्भवै हुँदैन । त्यसैले पहिलेदेखि नै हिउँदको तयारी गरेका हुन्छौं । घाँस, दाउरा र मान्छेको खानेकुरा पनि पहिले नै तयारी अवस्थामा राखेका हुन्छौं,’ उनले भनिन्, ‘धेरै दिन हिउँ पर्‍यो भनेमात्रै समस्या हुने हो । भण्डारण गरेको आहारा सकियो भने गाह्रो पर्छ ।’

    325515183_490427966583488_5158291116911348253_n.png

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार