काठमाडौंँ । पछिल्लो समय आफैले टिकट किनेर दर्शक भड्काएको आरोप निर्माता, निर्देशकलाई लाग्दै आएको छ । निर्माता बिनोद पौडेलले भने टिकट काट्नु मार्केटिङ प्लान भएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।
पौडेल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता हुन् । फिल्मले ४६ करोड ८० लाख ग्रस कमाइ गर्दै सबैभन्दा बढी ब्यवसाय गर्ने नेपाली फिल्मको रेकर्ड बनाएको छ । यो ब्यवसायको लागि पनि आफुले १०, १२ लाखको टिकट किनेको उनले बताएका छन् ।
‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०/२५ लाखको त टिकट किन्नैपर्छ । १०/१२ लाखको त हामीले पनि किनेकै हो’, उनी अगाडि लेख्छन् ‘अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।’ विनोदको कुरामा बिभिन्न कलाकारले सहमति जनाएका छन् ।