नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीको आलोचना गरेका छन् । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र उसको साझेदार दल नेपाली कांग्रेसबीच खटपट भइरहेको समाचार आइरहेका बेला महामन्त्री शर्माले सात बुँदामा सरकारको आलोचना गर्दै आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।
उनले सरकारको गतिमा असन्तोष जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारोरगर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन ।’