शनिबार, मंसिर ८ गते २०८१

भारतले श्रीलङ्कालाई ३१७ रनले हरायो, एकदिवसीय इतिहासमा सबैभन्दा ठूलो अन्तरको जित

भारतले श्रीलङ्कालाई ३१७ रनले हरायो, एकदिवसीय इतिहासमा सबैभन्दा ठूलो अन्तरको जित

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • भारतले श्रीलङ्कालाई ३१७ रनले हरायो, एकदिवसीय इतिहासमा सबैभन्दा ठूलो अन्तरको जित

    भारतले एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा ठूलो अन्तरको जित निकाल्दै विश्व कीर्तिमान कायम गरेको छ । श्रीलङ्कासँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा तीन सय १७ रनको फराकिलो अन्तरको जित निकाल्दै कीर्तिमान कायम गरेको हो । भारतले न्युजिल्यान्डको १५ वर्ष पुरानो कीर्तिमान तोडेको हो । न्युजिल्यान्डले सन् २००८ मा आयरल्यान्डलाई दुई सय ९० रनले हराएको थियो ।

    images

    भारतले दिएको तीन सय ९१ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २२ ओभरमा सबै विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो । श्रीलङ्काका लागि नुवानिदो फर्नान्डोले सर्वाधिक १९ रन बनाए । भारतका मोहम्मद सिराजले चार तथा मोहम्मद शमी र कुलदीप यादवले दुईरदुई विकेट लिए ।


    यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ९० रन बनायो । भारतका लागि विराट कोहलीले नटआउट १६६ र शुभमन गिलले ११६ रन बनाए । श्रीलङ्काका कसुन रजिथा र लाहिरु कुमाराले दुईरदुई विकेट लिए ।

    योसँगै भारतले तीन खेलको शृङ्खलामा क्लिन स्वीपु गरेको छ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला पनि भारतले दुईरएकले जितेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ