शनिबार, मंसिर ८ गते २०८१

भारतलाई श्रीलंकाविरुद्ध शृंखला

भारतलाई श्रीलंकाविरुद्ध शृंखला

अखबार दैनिक
शुक्रबार, पुस २९ २०७९
  • भारतलाई श्रीलंकाविरुद्ध शृंखला

    घरेलु टोली भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । 

    images

    बिहीबार राति भारतले कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न दोस्रो खेलमा पाहुना टोली श्रीलंकालाई ४ विकेटले हराएको हो । उक्त जितसँगै भारतले तीन खेलको श्रृंखलामा २–० को अग्रता लिएको छ । पहिलो खेलमा भारत ६७ रनले विजयी भएको थियो । श्रृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

    श्रीलंकाले दिएको २१६ रनको लक्ष्य भारतले ४३.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । भारतका लागि केएल राहुलले अविजित सर्वाधिक ६४ रन जोडे । यसैगरी हार्दिक पाण्ड्यले ३६, श्रेयश अय्यरले २८, शुभमन गिल र अक्षर पटेलले समान २१, कप्तान रोहित शर्माले १७ र कुलदीप यादवले  अविजित १० रन बनाए । पाँचौ विकेटका लागि राहुल र हार्दिकले ७५ रनको साझेदारी गरेका थिए ।

    श्रीलंकाका लागि लाहिरु कुमारा र चमिका करुणारत्नेले समान २ तथा कसुन रजिथा र धनन्जय डि सिल्भाले समान १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ  रोजेको श्रीलंका ३९.४ ओभरमा २१५ रनमा समेटिएको थियो । श्रीलंकका लागि नुवानिन्दु फर्नान्डोले सर्वाधिक ५० रन जोडे । यसैगरी कुशल मेन्डिसले ३४, दुनिथ वेलेगाले ३२, वानिन्दु हसरंगाले २१, अभिस्का फर्नान्डोले २०, चमिका करुणारत्ने र कासुन रजिथाले समान १७ तथा चरिथ अस्लंकाले १५ रन जोडे ।

    दोस्रो विकेटका लागि नुवानिन्दु र कुशलले ७३ रनको साझेदारी गरेका थिए । भारतका लागि मोहम्मद सिराज र कुलदीप यादवले समान तीन, उम्रन मलिकले २ तथा अक्षर पटेलले १ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ