शनिबार, मंसिर ८ गते २०८१

विश्वकपपछि पीएसजी फर्किएका मेस्सीको पहिलो गोल

विश्वकपपछि पीएसजी फर्किएका मेस्सीको पहिलो गोल

अखबार दैनिक
बिहीबार , पुस २८ २०७९
  • विश्वकपपछि पीएसजी फर्किएका मेस्सीको पहिलो गोल

    काठमाडौं । अर्जेन्टिनालाई विश्वकप जिताएका लियोनेल मेसी क्लब फुटबलमा फर्किएका छन् र उनले बुधबार भएको एङगर्ससविरुद्धको खेलमा गोल गर्दै सुखद सुरुवात गरेका छन् ।

    images

    ३५ वर्षीय फरवार्ड मेस्सीले विश्वकप पश्चात पीएसजीका लागि बुधबार पहिलो खेल खेलेका हुन् । २०२२ मा पीएसजीसँगको अनुबन्ध १ वर्ष थपेका मेस्सीले नयाँ कार्यकालको पहिलो गोल पनि गरेका हुन । २०२२ को कतार विश्वकपमा उनले ७ गोल गरेका थिए । उनको टिमले फ्रान्सलाई पेनाल्टीमा पराजित गर्दै विश्वकप उपाधि उचालेको थियो ।

    एङ्गर्सलाई घरेलु मैदानमा हराउन ह्युगो एकिटिकेले पहिलो गोल गरेका थिए । भिडियो सहायक रेफ्रीको मद्दतमा मिलेको अवसरलाई नोर्डी मुकिको पासमार्फत मेसीले पीएसजीका लागि दोस्रो गोल गरे ।

    त्यसपछि पनि नेइमारले एक गोल गरेका थिए । जुन गोल भने रेफ्रीले अफसाइड ठहर गरिदिए । एङ्गर्सलाई २-० ले हराएसँगै पीएसजी ६ अंक सहित लिग वानको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको लेन्सले स्टार्सबगसँग २–२ को बराबरी खेलेपश्चात पीएसजी शीर्षमा नै रहेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ