शनिबार, मंसिर ८ गते २०८१

सन्दीपको पेसी आज पनि उनकै कानुन व्यवसायीद्वारा स्थगित

सन्दीपको पेसी आज पनि उनकै कानुन व्यवसायीद्वारा स्थगित

अखबार दैनिक
बिहीबार , पुस २१ २०७९
  • सन्दीपको पेसी आज पनि उनकै कानुन व्यवसायीद्वारा स्थगित

    नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको उच्च अदालत पाटनमा रहेको पुनरावेदनको पेसी स्थगीत भएको छ।

    images

    लामिछानेका कानुन व्यवसायीबाट नै बिहिबारकालागि तोकिएको पेसी स्थगित गरिएको हो ।लामिछानेलाई जबरजस्ती करणी मुद्दा जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्धको पुनरावेदनमा पेसी स्थगित भएको हो । पेसी न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा तोकिएको थियो ।


    यसअघि दुई पटक पेसी तोकिएको थियो । एकपटक लामिछानेकै कानुन व्यवसायीको तर्फबाट पेसी स्थगित गरिएको थियो भने दोस्रो पटक इजलासको समय अभावका कारण सुनुवाइ हुन सकेको थिएन । लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । उनलाई कत्तिक १८ गते जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ