बिहीबार , असोज ३ गते २०८१

रुपन्देहीका मेलामा कुस्ती प्रतियोगिताको रौनक

रुपन्देहीका मेलामा कुस्ती प्रतियोगिताको रौनक

अखबार दैनिक
आइतबार, मंसिर २५ २०७९
  • रुपन्देहीका मेलामा कुस्ती प्रतियोगिताको रौनक

    रुपन्देहीका विभिन्न ठाउँमा धेरैजसो भारतीय पहलमानहरूलाई बोलाएर कुस्ती लडाउने गरिएको छ । भारतीय पहलमनहरु निकै रोमान्चक तरिकाले कुस्ती लड्ने गर्दछन् । मेला महोत्सवहरुमा कुस्ती प्रतियोगिताको रौनक देखिएको छ । 

    images

    मेला महोत्सव आयोजकले दर्शक उपभोक्ताको आकर्षण बढाउन कुस्ती प्रतियोगिता गराउने गरेका छन् । भारतीय पहलमानहरुलाई महंगो शुल्क तिरेर मेला आयोजकले नेपाल ल्याउने गरेका छन् । भारतको दिल्ली, हरियाणा, पन्जाव लगायतका ठाउँबाट कुस्ती लड्न पहलमानहरू नेपाल आउने गरेका छन् । नेपाली पहलमान भने कमै देखिन्छन् । मेलामा कुस्ती हेर्न दर्शकहरुको बाक्लो उपस्थिति देखिन्छ ।  

    तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा भएको  कुस्ती प्रतियोगितामा नेपालकै प्रतियोगी पहलमान सन्नी थापा बिजयी भएका छन् । उनी नेपालको तर्फबाट एक्लो प्रतियोगी थिए ।

    प्रतियोगितामा भारतका गब्बर दोस्रो तथा नबाव तेस्रो भए । प्रथम हुनेले २५ हजार पुरस्कार प्राप्त गरे भने दोस्रो हुनेले १५ तथा तेस्रो हुनेले १० हजार रूपैयाँ प्राप्त गरे । यो प्रतियोगितामा दुईजना महिला पहलमानले पनि कुस्ती लडेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ