कञ्चनपुरमा १७ वर्षिया किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको बेलौरी नगरपालिकास्थित कक्षा ९ मा अध्ययनरत किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीकै २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।
पक्राउ परेका तीन जनाले किशोरीलाई फरकफरक मितिमा बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जना किशोरीको चिनजानको व्यक्ति हुन् ।
किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। किशोरीको महिनावारी रोकिएपछि परिवारका सदस्यहरूले घटनाबारे थाहा पाएका थिए । त्यसलगत्तै तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।