बिहीबार , असोज ३ गते २०८१

विश्वकप २०२२ : रंगशाला पुगेर २५ लाखले हेरे विश्वकप, अर्जेन्टिना र मेक्सिकोको खेलमा धेरै दर्शक

विश्वकप २०२२ : रंगशाला पुगेर २५ लाखले हेरे विश्वकप, अर्जेन्टिना र मेक्सिकोको खेलमा धेरै दर्शक

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • विश्वकप २०२२ : रंगशाला पुगेर २५ लाखले हेरे विश्वकप, अर्जेन्टिना र मेक्सिकोको खेलमा धेरै दर्शक

    कतारमा जारी विश्वकप फुटबलको समूह चरणका ४९ खेलका समग्र दर्शक संख्या २४ लाख ५० हजार रहेको फिफाले जनाएको छ । समूह चरणका दर्शकको संख्या सन् २०१८ को विश्वकपको समूह चरण हेर्ने दर्शकको तुलनामा धेरै हो। समूह चरणमा सबैभन्दा धेरै दर्शक उपस्थित भएको खेल अर्जेन्टिना र मेक्सिकोबीचको खेल थियो।

    images

    यो खेलमा ८८ हजार ९९६ दर्शक स्टेडियम पुगेका थिए। यो खेल फाइनल खेल हुने लुसेल स्टेडियममा भएको थियो। त्यस्तै कतारको मानिसहरु जम्मा भएर लाइभ खेल हेर्नको लागि बनाइएको फिफा फ्यान फेस्टिबल भ्रमण गर्नेको संख्या पनि १० लाखभन्दा धेरै थियो। फिफा फ्यान फेस्टिबल सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा पहिलोपटक प्रयोग गरिएको थियो। 

    अहिलेसम्म विश्वकप हेर्न जानेमा सबैभन्दा धेरै दर्शक साउदी अरेबियाका छन्। साउदी अरेबियाका ७७ हजारभन्दा धेरै दर्शक कतार पुगेका छन्। त्यस्तै भारतबाट ५६ हजार ८९३ दर्शक कतार पुगेका छन्।

    कतारमा विश्वकप सुरु हुनुपूर्व आयोजक मुलुकले विश्वकपमा १० लाखभन्दा धेरै पर्यटक आउने अपेक्षा गरेको थियो। टेलिभिजनबाट हेर्ने दर्शकको संख्यामा भने जापान र कोस्टारिकाबीचको खेल विश्वभरका ३ करोड ६० लाख  मानिसले हेरेका थिए।

    जबकी अमेरिका र इंग्ल्याण्डबीचको खेल अमेरिकाको टेलिभिजन इतिहासमा सबैभन्दा धेरै हेरिएको पुरुष फुटबलमा सबैभन्दा धेरै हेरिएको खेल थियो। 

                                                          नकआउटमा सबै महादेश
    फिफाका अनुसार सन् २००२ पछि पहिलोपटक नकआउट चरणमा सबै महादेशका टोली अटाएका हुन्। यसपटक अन्तिम १६ मा दुई टोली प्रवेश गरेका छन्। दुई अफ्रिकी टोली अन्तिम १६ मा प्रवेश गरेको यो दोस्रोपटक हो।

    यसअघि सन् २०१४ को विश्वकपमा नाइजेरिया र अल्जेरिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका थिए। पहिलोपटक तीन एसियाली टोली अन्तिम १६ मा पुगे। एसियाबाट दक्षिण कोरिया, अष्ट्रेलिया र जापानले माथिल्लो चरणमा स्थान बनाएका हुन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ