बिहीबार , असोज ३ गते २०८१

विश्वकप फुटबल : समूह चरणको अन्तिम भिडन्त आज

विश्वकप फुटबल : समूह चरणको अन्तिम भिडन्त आज

अखबार दैनिक
शुक्रबार, मंसिर १६ २०७९
  • विश्वकप फुटबल : समूह चरणको अन्तिम भिडन्त आज

     

    आज राति चार खेलको नतिजासँगै २२औं विश्वकपको प्रिक्वार्टरफाइनलमा पुग्ने १६ टोलीको टुंगो लाग्नेछ । बिहीबार रातिसम्म १४ टोलीले नकआउट चरणमा स्थान बनाई सकेका छन् । 

    images

    समूह ‘एच’ अन्तर्गत राति ८:४५ बजे पोर्चुगल र दक्षिण कोरिया तथा सोही समयमा घाना र उरुग्वे भिड्नेछन् । यस समूहबाट लगातार दुई खेल जितेको पोर्चुगलले नकआउट चरणमा स्थान बनाईसकेको छ ।

    अन्य तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । दक्षिण कोरियालाई अघिल्लो चरण पुग्न पोर्चुगललाई हराउनै पर्ने दबाब छ ।

    पोर्चुगलको लक्ष्य अपराजित रहँदै समूह विजेता बन्नु हुनेछ । यता घाना र उरुग्वे दुवै टोलीका लागि अन्तिम खेल निकै महत्वपूर्ण छ । उरुग्वेलाई जित बाहेक विकल्प छैन । घानालाई भने पोर्चुगल र दक्षिण कोरियाबीचको नतिजाले समेत प्रभाव पार्नेछ ।

    यदि पोर्चुगलसँग दक्षिण कोरिया हारे वा बराबरीमा रोकिए घाना आफ्नो बराबरी नतिजाले पनि अन्तिम १६ मा पुग्नेछ । अहिले दोस्रो स्थानमा रहेको घानाको तीन तथा दक्षिण कोरिया र उरुग्वको एक एक अंक छ । 

    यसैगरी समूह ‘जी’ को खेलमा राति १२ः४५ बजे सर्बिया र स्वीट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘जी’ बाट ब्राजिल अन्तिम खेल अगावै नकआउट चरणमा पुगिसकेको छ ।

    बाँकी तीन टोलीको सम्भावना पनि उत्तिकै छ । क्यामरुनलाई अघिल्लो चरण पुग्न ब्राजिललाई हराउनै पर्ने बाध्यता छ । सर्बिया र स्वीट्जरल्यान्ड पनि दबाबमा छन् । सर्बियालाई जित बाहेक अर्को विकल्प छैन ।

     

    तर स्वीट्जरल्यान्डलाई ब्राजिलसँग क्यामरुन हारेमा आफुले बराबरी खेलेपनि पुग्नेछ । अहिले समूहको शीर्षस्थानमा रहेको ब्राजिलको ६ अंक छ ।

    दोस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डको तीन अंक छ । क्यामरुन र सर्बियाले एक एक अंक बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ