काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी फिफा विश्वकप फुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा चौथो स्थानमा उक्लेका छन् ।
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको अन्तिम खेलमा पोल्याण्डसँग खेलपछि मेसीले विश्वकपमा कूल २२ खेल खेलेका छन् । यसअघि चार विश्वकपमा १९ खेल खेलेका मेसीले जारी विश्वकपमा समूह चरणका तीनवटै खेल खेले ।
मेसी भन्दा धेरै विश्वकप खेल्नेमा जर्मनीका लोथार म्याथ्वु र मिरोस्लाभ तथा इटलीका पाउलो माल्दिनी छन् । लोथारले सर्वाधिक ३५ खेल खेलेका छन् भने क्लोजले २४ र माल्दिनीले २३ खेल खेलेका छन् ।
मेसीले अन्तिम १६ मा अष्ट्रेलिया विरुद्धको खेलपछि सर्वाधिक विश्वकप खेल खेल्नेमा माल्दिनीसँग बराबरी गर्नेछन् ।