बुधबार म्याथ्यु लेकीले डेनमार्कविरुद्ध गोल गरेपछि १-० को नतिजा सहित अष्ट्रेलियन फुटबल टिम विश्वकप इतिहासमा दोस्रो पटक अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।
यो अष्ट्रेलियन फुटबलका लागि ठूलो उपलब्धी हो । यो सफलतापछि प्रशिक्षक ग्राहम अर्नोल्डले यो पुस्ता अष्ट्रेलियन फुटबलका लागि स्वर्णीम पुस्ता हुन सक्ने बताए । सन् २००६ मा जमर्नीमा आयोजना भएको विश्वकपमा अष्ट्रेलिया पहिलो पटक अन्तिम १६ सम्म पुगेको थियो ।
प्रशिक्षक अर्नोल्ड भन्छन्, ‘मलाई निकै गर्व लागेको छ । हामीले समर्थकको अनुहारमा खुसी ल्याउन सक्यौं । विश्वकपमा अष्टेलियाको टिमले सिधै दुई खेल जित्न यो पहिलो टिम हो । हामी एक नयाँ स्वर्णीम पुस्ताको बारेमा कुरा गदैछाैं ।’