बिहीबार , असोज ३ गते २०८१

कतार विश्वकप : आज चार खेल हुँदै, यी टोलीलाई जित्नै पर्ने दबाब

कतार विश्वकप : आज चार खेल हुँदै, यी टोलीलाई जित्नै पर्ने दबाब

अखबार दैनिक
बुधबार, मंसिर १४ २०७९
  • कतार विश्वकप : आज चार खेल हुँदै, यी टोलीलाई जित्नै पर्ने दबाब

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बुधबार) बिभिन्न चार खेलहरू हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई-दुई खेलहरू हुँदैछन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

    images


    यस खेलहरू पछि समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुंगो लाग्नेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुदैछ ।

    दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरूबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने दुई राष्ट्रको टुंगो लाग्नेछ ।

    एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

    यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ