बिहीबार , असोज ३ गते २०८१

अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

अखबार दैनिक
आइतबार, मंसिर ११ २०७९
  • अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ ।  

    images


    शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको हो पहिलो हाफमा गोलरहित सकिएको खेलमा अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल गरेको थियो ।

    अर्जेन्टिनाको जितमा लियोनेल मेस्सीले नयाक बने । मेस्सीले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए भने ८७औँ मिनेटमा इंजो फेर्नानडेजले गरेको गोल असिस्ट पनि गरेका थिए ।

    विश्वकपको पहिलो खेल साउदी अरेबियासँग हारेर दबाबमा परेको अर्जेन्टिनालाई नकआउटचरणमा पुग्न बाँकीका दुवै खेल जित्नै पर्ने अवस्थामा मेक्सिकोविरुद्धको यो खेल जितेर उत्कृष्ट कम्ब्याक गरेको छ ।

    समुह सी मा रहेको अर्जेन्टिनाको यो जितपछि २ खेलमा ३ अंक भएको छ । यस समुहमा पोल्याण्ड २ खेलमा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अर्जेन्टिना २ खेलमा ३ अंकसहित दोस्रो र साउदी अरेबिया २ खेलमा ३ अंकसहितनै तेस्रो स्थानमा रहेको छ ।

    त्यस्तै मेक्सिकोको २ खेलमा १ अंक छ र समुहमा अन्तिममा रहेको छ । अब यस समुहबाट नकआउट चरणमा जानका लागि अन्तिम खेको नतिजा पर्खिनुपर्ने भएको छ । अन्तिमखेलमा अर्जेन्टिनाले पोल्याण्डको सामना गर्ने छ भने साउदी अरेबियाले मेक्सिकोको सामना गर्ने छ ।   

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ