बिहीबार , मंसिर ६ गते २०८१

नेप्सेले दियो एलओआई, ३३ ब्रोकर मिलेर एउटै टीएमएस चलाउने

नेप्सेले दियो एलओआई, ३३ ब्रोकर मिलेर एउटै टीएमएस चलाउने

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • नेप्सेले दियो एलओआई, ३३ ब्रोकर मिलेर एउटै टीएमएस चलाउने

    अहिले सञ्चालनमा रहेको टीएमएसप्रति गुनासो गर्दै सेयर कारोबारका लागि ३३ ब्रोकर कम्पनी मिलेर आफ्नै लगानीमा कम्पनी स्थापना गरी एउटै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) चलाउने भएका छन् ।

    images

    ब्रोकरले नयाँ टीएमएस चलाउने तयारी गरेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिएका थिए । धितोपत्र कारोबार नियमावलीले ब्रोकरलाई आफ्नै टीएमएस चलाउने बाटो खुल्ला गरे पनि अहिलेसम्म गृहकार्य भएको थिएन । ब्रोकरले नयाँ टीएमएस चलाउनका लागि अनुमतिका लागि निवेदन दिएपछि सहमतिपत्र (एलओआई) दिइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

    नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्रराज सिजापति नयाँ टीएमएसबाट अबको एक महिनाभित्रमा कारोबार सुरु हुने बताउँछन् । केही दिनअघि मात्रै अबको एक महिनाभित्रमा टीएमएस तयार हुने जानकारी आफूहरूलाई दिइएको सिजापतिले बताए ।

    नयाँ टीएमएस बनाउनको लागि ३३ ब्रोकर कम्पनीको पनि लगानी रहने गरी एक कम्पनी खडा गरिएको छ । सोही कम्पनीले श्रीलंकामा अहिले सञ्चालनमा रहेको टीएमएस नेपालको लागि कष्टमाइज्ड गरेर सञ्चालन गर्ने गृहकार्य भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ