आइतबार, असार २३ गते २०८२

भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने कार्य नगरौँः सांसद सिंह

भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने कार्य नगरौँः सांसद सिंह

अखबार दैनिक
आइतबार, असार २३ २०८२
  • भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने कार्य नगरौँः सांसद सिंह

    प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आम्दानी हुने स्थानमा मात्र लगानी गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार (असार २२) बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

    images

    वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्नु उचित नहुने उनले उल्लेख गरे । उनले जनसंख्याका आधारमा भौतिक पूर्वाधारको निर्माण गर्न जरुरी रहेको औँल्याए । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको तर प्रयोगमा ल्याउन नसकिएकामा सरकारको ध्यानाकर्षण गराए । भैरहवा र पोखरा विमानस्थल निर्माणमा धेरै अनियमितता भएको भन्दै उनले अनुसन्धानको माग गरे ।

    “मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ, तर त्यहाँ एयरपोर्ट छैन । भैरहवामा छ, एउटै प्रदेशमा दुईवटा बनेका छन् । तर, प्रयोग हुन सकेको छैन,” उनले भने, “भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ । विमानस्थलहरूलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनुपर्छ ।”

    भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने कार्य नगर्न उनले आग्रह गरे । “विदेशीको ऋण लिन्छौँ भने त्यसबाट इन्कम हुनुपर्‍यो नि ! ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु,” उनले भने, “जहाँ धेरै जनता छन्, त्यही संरचनाहरू निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौँ ।” न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार