काठमाडौं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । आईपीओमा इच्छुक सर्वसाधारणले आइतबार कार्यालय समयभित्र आवेदन दिनसक्नेछन् । आईपीओमा हाल सम्म माग भन्दा कयौ गुणा बढि आवेदन परिसकेकोे छ ।
कम्पनीले सर्वसाधारणका लागि असार १८ गते देखि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो । सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् ।