बिहीबार , असोज ३ गते २०८१

विश्वकप फुटबल: रोनाल्डोको कीर्तिमान, पोर्चुगलको विजयी सुरुवात

विश्वकप फुटबल: रोनाल्डोको कीर्तिमान, पोर्चुगलको विजयी सुरुवात

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • विश्वकप फुटबल: रोनाल्डोको कीर्तिमान, पोर्चुगलको विजयी सुरुवात

    मंसिर ९ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ ।

    images

    स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको हो । पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्तियानो रोनाल्डो, जोआ फेलिक्स, राफायल लियोले गोल गरे । भने आन्द्रे एयु र ओस्मान बुकारीले घानाका लागि गोल गरे ।


    यो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान समेत बनाएका छन् ।रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।३७ वर्षीय रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ