बिहीबार , असोज ३ गते २०८१

मेस्सीको ट्याटुमा लुकेको कथा

मेस्सीको ट्याटुमा लुकेको कथा

अखबार दैनिक
मंगलबार, मंसिर ६ २०७९
  • मेस्सीको ट्याटुमा लुकेको कथा

    विश्व फुटबलका चर्चित खेलाडी लियोनल मेस्सीसँग जोडिएका रहस्यमय कुराहरू उनकै समर्थकलाई थाहा नहुन सक्छ । आज तपाईँलाई उनका ती रहस्य फुकाल्ने प्रयास गरिएको छ ।  कुरा उनको ट्याटुको हो ।

    images

    मेस्सी आफ्ना टिम मेट डेनी अल्वेसबाट प्रभावित छन्, जसले आफ्नो सम्पूर्ण शरीरमा ट्याटु खोपेका छन् । सुरु सुरुमा मेस्सी ट्याटु खोप्न भनेपछि निकै डराउँथे ।  उनले आफ्नो गर्लफ्रेण्ड एन्टोनेलालाई पहिले ट्याटु खोप्न भनेका थिए  । र, जब उनले पहिलो पटक आफ्नो शरीरमा ट्याटु खोपे त्यसपछि भने उनलाई ट्याटु खोप्नबाट कसैले रोक्न सकेन । हाल मेस्सीको ढाँड, कुम, पाखुरा तथा खुट्टामा विभिन्न किसिमका ट्याटु खोपिएका छन् । जसको आ-आफ्नै महत्व छ ।

     

    तर फेरी त्यस्तो के भयो जसका कारण मेस्सीले एक हैन, दुई हैन कयौ ट्याटु खोपेका छन् ?

    आमाको ट्याटु
    मेस्सीले सन् २०१०मा सबैभन्दा पहिले आफ्नो शरीरमा आमाको मुहार आकृत ट्याटु खोपेका थिए । उनी आफ्नो आमालाई निकै माया गर्दथे । यति माया गर्थे की उनको अनुहारको ट्याटु नै आफ्नो शरीरमा खोपे  । खेल मैदान जति पटक पनि मेस्सीले आफ्ना सर्ट खोले, मानिसहरुले त्यो ट्याटु अवश्य देखे । मेस्सीको आमाको नामा सेलिया मारिया क्यूसिटिनी हो ।

    छोराको ट्याटु 
    मेस्सीले सन् २०१२ मा आफ्नो शरीरमा दोश्रो ट्याटु बनाएका थिए । मेस्सीले यो ट्याटु आफ्ना छोरा थियागोको जन्मेको खुशी मनाउन खोपेका थिए । भनिन्छ, यो ट्याटु उनको हृदयको नजिक छ । उनले आफ्नो खुट्टामा छोराको नामको साथमा दुई ससाना हातको चित्र बनाएका थिए ।

    फुटबलप्रतिको माया र सम्मान
    कुनै पनि फुटबल खेलाडीका लागि उसको खुट्टाले कति महत्व राख्छ भन्ने कुरा उसलाई भन्दा बढी कसलाई थाहा होला । मेस्सीको हकमा पनि यही कुरा लागु हुन्छ । मेस्सीले आफ्नो खुट्टामा बनाएका ट्याटुले उनको पछिल्लो टेयाटुको सुन्दरतालाई अझै धेरै दर्शाउँछ ।

    उनले आफ्नो खुट्टामा एउटा तरवार, एउटा फुटबल र आफ्नो जर्सीको नम्बरको ट्याटु खोपेका छन् । मेस्सी आफ्नो जिन्दगीको दुई महत्वपूर्ण कुरालाई दुवै खुट्टामा यादको रुपमा संगालेका छन् । जसमा एउटा खुट्टाको ट्याटुले छोरा प्रतिको उनको प्रगाढ प्रेम दर्शाउँछ भने अर्को खुट्टामा उनको फुटबलको प्रति माया र सम्पर्ण झल्किन्छ ।

    रोज विन्डोको ट्याटु
    बार्सिलोनाका खेलाडी मेस्सी आफ्नो शहरलाई असाध्यै प्रेम गर्थे । यो कुरा उनको ट्याटुमा पनि प्रस्ट देख्न सकिन्छ । उनको हातमा निर्मित ट्याटुमा बार्सिलोनाको एक प्रसिद्ध चर्च सागरदा फेमिलियाको रोज विन्डो देखिन्छ ।

    ईसा मसीहाको ट्याटु
    मेस्सीको दाहिने ट्राइसेपमा बनाएको ट्याटुलाई हेरेर यतिसम्म भन्न सकिन्छ कि उनी कति धेरै धार्मिक प्रवृतिका थिए । उनले आफ्नो ट्राइसेपमा ईसा मसीहाको ट्याटु बनाएका थिए । मेस्सी अहिले पनि समय समयमा चर्च जाने गर्छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ