बिहीबार , असोज ३ गते २०८१

११२०० नम्बरको टिकट खरिदकर्ता भाग्यशाली, पाए ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने टिकट

११२०० नम्बरको टिकट खरिदकर्ता भाग्यशाली, पाए ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने टिकट

अखबार दैनिक
बिहीबार , मंसिर १ २०७९
  • ११२०० नम्बरको टिकट खरिदकर्ता भाग्यशाली, पाए ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने टिकट

    मंसिर १ काठमाडौं । कतार विश्वकप २०२२ अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने भाग्यशाली दर्शक टिकट नम्बर ११२०० का खरिदकर्ता भएका छन् ।

    images

    अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल र पाकिस्ताबीच बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेलमा टिकट खरिदकर्तालाई आज बिहिवार गोल प्रथाको मध्यबाट विजेता घोषणा गरेको हो ।


    नेपालले अञ्जन विष्टको निर्णायक गोलमा पाकिस्तानलाई १-० ले हराएको थियो ।

    सो खेल हेर्नका लागि टिकट खरिद गरेका ४ हजार ४ सय ४२ दर्शकमध्ये टिकट नम्बर ११२०० भग्यशाली बनेको हो ।

    एन्फाले यसअघि नै नेपाल र पाकिस्तानबीच बुधबार सम्पन्न मैत्रीपूर्ण खेलमा एक जना भाग्यशाली दर्शकलाई कतार विश्वकप २०२२ अन्तर्गत क्यामरुन र ब्राजिलबीचको खेलको टिकट दिने घोषणा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ