बिहीबार , असोज ३ गते २०८१

नेपालले पायो १ सय ९२ रनको लक्ष्य

नेपालले पायो १ सय ९२ रनको लक्ष्य

अखबार दैनिक
बुधबार, कात्तिक ३० २०७९
  • नेपालले पायो १ सय ९२ रनको लक्ष्य

    कात्तिक ३० काठमाडौँ । युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ ।

    images


    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै उक सय ९१ रन बनायो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।


    यस्तै अलिशन शराफुले ३५, भ्रित्य अरबिन्दले २५, बसिल हामिदले २४, कप्तान सिपी रिजवानले २२ तथा विष्णु शुकुमारनले १५ रन बनाए । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र ललित राजवंशीले सम्मान ३र३ विकेट लिए भने करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १.१ विकेट लिए ।

    यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । तीन खेलको सिरिजमा युएई १–० ले अघि रहेको छ । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ