बिहीबार , असोज ३ गते २०८१

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोटस् बैतडीको पहिलो जित

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोटस् बैतडीको पहिलो जित

अखबार दैनिक
मंगलबार, कात्तिक २९ २०७९
  • यू–१९ क्रिकेट सुदूरपश्चिम छनोटस् बैतडीको पहिलो जित

    कात्तिक २९ कैलाली । वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश क्रिकेट छनोट प्रतियोगिताको चौथो दिनको खेलमा बैतडीले दार्चुलालाई ५६ रनले पराजित गर्न गरेको छ । महेन्द्रनगरस्थित कर्वडहलमा भएको खेलमा बैतडीले टस जितेर ब्याटिङ रोजेको थियो । बैतडीले निर्धारित ४० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा १६८ रन बनाउन सफल भयो । बैतडीका लागि दीपक बोहराले ४५ बलमा सर्वाधिक ९० रन बनाउन सफल भए भने सुदीप कार्की ५९ बलमा ३३ रन तथा प्रदीप चन्दले ११ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेन ।

    images

    बलिङमा दार्चुलाका बिपीन धामीले ८ ओभरमा ३२ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिन सफल भए । वीरेन वमले ८ ओभरमा ५९ रन खर्चिँदा सागर वमले पनि २१ ओभरमा १७ रन खर्चिँदै समान २/२ विकेट लिन सफल भए । एक सय ६९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको दार्चुलाले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा मात्र एक सय १२ रन बनाउन सक्यो । दार्चुलाका लागि नीरज पार्कीले ३४ बल खेल्दा राजेन्द्र साउदले पनि ५३ बल खेल्दै समान सर्वाधिक १८/१८ रन बनाए । बिपीन धामी २२ बलमा १६ रन तथा सुमन महराले १६ बलमा १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेन ।


    बैतडीका लागि सन्तोष बिजालेले ६ ओभरमा २१ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिन सफल भए भने आकाश चन्दले ५ ओभरमा १७ रन खर्चिँदै २ विकेट लिन सफल भए । वाइवाइ यू १९ प्रादेशिक छनोट एक दिवसीय क्रिकेट प्रतियोगिताको उक्त खेलमा म्यान अफ दी म्याच बैतडीका दीपक बोहरा घोषित भएको जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ