बिहीबार , असोज ३ गते २०८१

पुस १२ देखि आहा ! रारा गोल्डकप हुने

पुस १२ देखि आहा ! रारा गोल्डकप हुने

अखबार दैनिक
बिहीबार , कात्तिक २४ २०७९
  • पुस १२ देखि आहा ! रारा गोल्डकप हुने

    कार्तिक २४ पोखरा । सहारा क्लब पोखराको आयोजनामा हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ । 

    images


    अखिल नेपाल फुटबल संघ एन्फाले आगामी पुस १२ देखि २३ सम्मका लागि मिति दिएको हो । एन्फाले मिति दिएसँगै आयोजकले ‘आहा १ रारा गोल्डकपको तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ सुरजले बताए । 


    पोखरा रंगशालामा हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ  १२ टिमले भाग लिने छन् । 

    प्रतियोगिको मुख्य प्रायोजक सदाझैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ । साथै पोखरा महानगरपालिकाको संयोजन रहनेछ ।

    यस्तै गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब हो ।  फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एपिएफले पहिलो पल्ट उपाधि चुमेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ