शनिबार, जेठ ५ गते २०८१

धनुषाको एकै पालिकाबाट १५ जना नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट

धनुषाको एकै पालिकाबाट १५ जना नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट

अखबार दैनिक
मंगलबार, असोज २५ २०७९
  • धनुषाको एकै पालिकाबाट १५ जना नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट

    असोज २५ धनुषा । धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये १४ हक्कीेका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वध्यक्ष अरुणकुमार महतोले जानकारी दिनुभयो ।

    images

    पन्ध्र खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उहाँले बताउनुभयो । ती खेलाडी आज बिहान पोखराका लागि प्रस्थान गरेका छन् । हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रुपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय हुनुहुन्छ ।

    त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रृति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह हुनुहुन्छ  । त्यसैगरी खो–खो खेलतर्फ रुपा राई छनोट हुनुभएको छ । आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकामा भएपछि आफूहरु निकै खुसी भएकोे मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताउनुभयो ।

    आज बिहान खेलाडीलाई बिदाइ गर्दै खेलाडी र खेलकुदको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियोे । हिमालय युवा क्लबका पूर्व अध्यक्ष महतोले भन्नुभयो, “यहाँ धेरै क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टन, कबड्डी, कराँतेलगायत खेल खेल्ने खेलाडी धेरै छन् तर व्यवस्थापन र प्रशिक्षकको अभावका कारण ती खेलका खेलाडी खासै फस्टाउन सकेको छैन ।”उहाँले प्रदेश सरकार र स्थानीय सरकारले खेलकुदमा ध्यान दिए यहाँबाट विभिन्न खेलमा दर्जनौँ खेलाडी उत्पादन गर्न सकिने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार