शुक्रबार, वैशाख २१ गते २०८१

यस्तो छ, ब्राजिलको विश्वकप इतिहास र रोचक तथ्य

यस्तो छ, ब्राजिलको विश्वकप इतिहास र रोचक तथ्य

अखबार दैनिक
शुक्रबार, साउन २० २०७९
  • यस्तो छ, ब्राजिलको विश्वकप इतिहास र रोचक तथ्य

    २० साउन, काठमाडौं । विश्वकप फुटबलमा सर्वाधिक सफल टोली हो, ब्राजिल । ब्राजिल एक मात्र यस्तो टोली हो जसले हालसम्म भएका सबै विश्वकप फुटबल खेलेको छ । सन् १९३० मा उरुग्वेमा भएको विश्वकप फुटबल देखि सन् २०२२ सम्मको विश्वकपमा सहभागिता जनाउने टोली ब्राजिल हो । ब्राजिल यो पटकको विश्वकपमा उपाधिको दाबेदार टोली हो ।

    images

    सर्वाधिक पाँच पटक विश्वकप जितेको ब्राजिलले सन् २००२ यता विश्वकप फुटबलको उपाधि जित्न सकेको छैन । ब्राजिलले पहिलोपटक सन् १९५८ मा स्वीडेनमा भएको विश्वकप जितेको थियो । त्यसपछि ब्राजिलले सन् १९६२ को विश्वकप पनि जित्यो ।

    Brazil-World-Cup-Final-Winners-1958_hD9o83OeY7.jpg

    उक्त विश्वकप जित्दै ब्राजिलले लगातार दुई पटक विश्वकप जित्ने टोलीको रुपमा आफूलाई स्थापित गर्यो । त्यसअघि इटालीको नाममा रहेको कीर्तिमान ब्राजिलले भंग गर्न सफल भयो । ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको उपाधि जितेको छ । सन् २००२ यता ब्राजिल एक पटक मात्र सेमिफाइनलमा पुगेको छ ।

    ब्राजिल सन् १९५० र १९९८ मा फाइनसम्म पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । ब्राजिल दुई पटक तेस्रो पनि भएको छ । सन् १९३८ र १९७८ मा तेस्रो भएको हो ।

    यस्ता छन्, ब्राजिल विश्वकपका इतिहासका तथ्य

    ब्राजिल सन् १९३० मा भएको उद्घाटन विश्वकपमा सहभागि भएका १३ टिम मध्यको एक हो ।

    ब्राजिलका भाल्देमार डे ब्रिटो सन् १९३४ मा विश्वकपको फाइनलमा पेनाल्टी मिस गर्ने पहिलो खेलाडी हुन् । २७ मे १९३४ मा ब्राजिलको स्पेनसँग ३–१ ले हार्दा डी ब्रिटोले पेनाल्टी मिस गरेका थिए । सन् १९३४ को फाइनलमा ब्राजिलको त्यो एक मात्र खेल थियो ।

    १९३८ को विश्वकपका सर्वाधिक गोलकर्ता ब्राजिलियन खेलाडी लियोनिडास हुन् । पोल्याण्डविरुद्धको १९३८ को फाइनल खेलको सुरुमा, ब्राजिलियन खेलाडी लियोनिडासले हिलो पिचमा खालि खुट्टा खेल्नका लागि जुत्ता फुकालेका थिए । त्यसपछि रेफ्रीले उनलाई तुरुन्तै जुत्ता लगाउन आदेश दिए । लियोनिडासले सोही खेलमा ४ गोल गरे । उनले समग्रमा ४ खेलमा ८ गोल गरेर १९३८ को प्रतियोगिताको शीर्ष गोलकर्ता बने । ब्राजिलले सन् १९५० मा घरेलु मैदानमा २ लाख दर्शकको अगाडि उरुग्वेसँग पराजित भएको थियो ।

    brazil_mT75UIZQGL.jpg

    ब्राजिलियन टिम म्यानेजर जेजेले सन् १९५४ को विश्वकप ब्राजिलको मुख्य प्रशिक्षक भएका थिए । त्यस्तै आइमोर मोरेरा सन् १९६२ को विश्वकपमा ब्राजिलको प्रशिक्षक भएका थिए । यी दुई जना दाई–भाई हुन् । दुबैले ब्राजिलको प्रशिक्षकत्व सम्हाले । सन् १९७० को फाइनलमा इटालीलाई हराएपछि ब्राजिलका खेलाडी रिभेलिनो ब्राजिलका समर्थकहरुले बनाएको खुसीका कारण बेहोस भएका थिए उनलाई सोही सयमा अस्पताल भर्न गरिएको थियो ।

    सन् १९७० को फाइनल खेलपछि ब्राजिलका खेलाडीहरूले जुल्स रिमेट ट्रफीलाई परेड गरेपछि ट्रफीको माथिल्लो भाग हराएको थियो । ब्राजिलका रिजर्भ डेभिओले स्टेडियमबाट बाहिर निस्केका युवा दर्शकबाट उक्त टप फिर्ता लिए । सोही समयमा नयाँ ट्रफी डिजाइन गरिएको थियो । सन् २००२ को क्वाटरफाइनलमा ब्राजिलले इङ्ल्यान्डलाई हराएपछि रोनाल्डोले आफ्नो कपालको स्टाइल परिवर्तन गरेका थिए । उनले रोबर्टो कार्लोसभन्दा फरक देखिन कपालको स्टाइल नै परिवर्तन गरेका थिए ।

    maxresdefault_dXvN8AHfiS.jpg

    रोनाल्डोका छोराले विश्वकपको क्वाटरफाइनलमा टिभीमा खेल हर्दा रोबर्टाे कार्लाेसलाई टिभीमा चुम्बन गरेका थिए । सन् २००२ को विश्वकप जितेपछि ब्राजिल सन् २००६ को विश्वकपका लागि पहिले नै छनोट भएको थियो । किनभने फिफाले नियम परिवर्तन गर्दै विश्व कपको विजेताले स्वतः अर्को प्रतियोगिता खेल्ने नियम थियो । ब्राजिल सर्वाधिक दुई पटक विश्वकप आयोजना गर्ने अर्काे टिम हो । ब्राजिलले सन् २०१४ मा विश्वकप आयोजना गरेको थियो ।

    त्यसअघि सन् १९५० मा विश्वकपको आयोजना गरेको थियो । ब्राजिल विश्वकपमा सार्वधिक गोल गर्ने टोली हो । ब्राजिलले २२९ गोल गरेको छ । जर्मनीले २२६ गोल गरेको छ । सर्वाधिक गोल कर्ताको सूचिको दोस्रो र पाँचौं स्थानमा ब्राजिलका दुई खेलाडी छन् । रोनाल्डो र पेले । रोनाल्डोले १५ गोल गरेका छन् भने पेलेले १२ गोल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार