शनिबार, जेठ ५ गते २०८१

प्रदेश खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले, उपाध्यक्षमा कार्की

प्रदेश खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले, उपाध्यक्षमा कार्की

अखबार दैनिक
मंगलबार, चैत २२ २०७८
  • प्रदेश खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले, उपाध्यक्षमा कार्की

    प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवमा हंशराज वाग्ले नियुक्त भएका छन् । सोमबार सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको प्रदेश १ सरकारले सदस्य सचिवमा पूर्व भलिबल खेलाडी वाग्लेलाई नियुक्त गरेको हो ।

    images

    नेकपा एकिकृत समाजवादी पार्टी ओखलढुंगाका अध्यक्षसमेत रहेका वाग्लेले राष्ट्रिय पुरुष भलिबल टोलीबाट खेलेका थिए ।

    बैठकले खेलकुद बोर्डको उपाध्यक्षमा विराटनगरकी जीनाजंग कार्कीलाई नियुक्त गरेको छ । कार्की नेपाली कांग्रेसको कोटाबाट उपाध्यक्ष बनेकी हुन् ।

    सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश योजना आयोगको अध्यक्षमा डा. पूर्ण लक्समलाई नियुक्त गरेको थियो । उनी माओवादी निकट हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार