शनिबार, जेठ ५ गते २०८१

नेपाल-भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा टुङ्गियो 

नेपाल-भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा टुङ्गियो 

अखबार दैनिक
बिहीबार , भदौ १७ २०७८
  • नेपाल-भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा टुङ्गियो 

    नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । 

    images

    खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो । 

    दोस्रो हाफको ६० मिनेटमा सुनिल क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए । 

    ५१ सयको हाराहारीमा दर्शकहरू उपस्थित भएको खेलमा दुवै टोलीले उत्कृष्ट खेल देखाएका थिए ।  नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार