शनिबार, जेठ ५ गते २०८१

नेपाल सुपर लिग आजदेखि सुरु हुँदै

नेपाल सुपर लिग आजदेखि सुरु हुँदै

अखबार दैनिक
शनिबार, वैशाख ११ २०७८
  • नेपाल सुपर लिग आजदेखि सुरु हुँदै

    काठमाडौं – नेपाली फुटबलको इतिहासमा आजदेखि पहिलो पटक फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हुँदैछ । नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा आज उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।

    images
     

    काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५:३० बजे सुरु हुनेछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा गर्न लागेको प्रतियोगितामा नेपालका सात शहरको नामबाट फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

    कोभिड-१९ को बढ्दो असरका कारण सरकारले रंगशालमा दर्शकसहितको खेलकुद नगर्न निर्देशन दिएपछि पहिलो पटक हुन लागेको एनएसएल क्लोजर डोरमा हुँदैछ । त्यसैले रंगशालामा दर्शकले प्रवेश पाउने छैनन् । विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच प्रतिस्पर्धा सुरु भएपछि नै नेपाली पुटबलमा एउटा नयाँ परीक्षण हुनेछ ।

    प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक आयोजना हुन लागेको एनएसएलको विजेताले नगद ३५ लाख पुरस्कार पाउने भएका छन् ।

    यस्तै उपविजेताले नगद १५ लाख पाउनेछन् । यस्तै विधागत उत्कृष्ट हुने गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षककोले नगद १-१ लाख प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार