नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक भएको छ । जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पिंक र गाढा ब्लु रङको प्रयोग भएको छ । जनकपुरले हालसम्म वायन पार्नेल र लाहिरु मिलान्थालाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ । आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।
                            
                        