काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाले यस बर्ष को धान खेतीमा परेको असर बारे क्षेती विवरण सङ्कलन गरेको छ । हालसालै परेको बर्षाले काटेर राखेको अबस्थामा ठुुलो क्षेति गरेपछी कृषकहरुलाई सान्त्वना स्वारुप क्षेतिको बिबरण सङ्कलन गरि उचित व्यवस्थाको लागि स्थानिय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार समक्ष कृषकहरुको समस्या बुझ्न पहलकदमी उठाएको छ । पालिकाको आठ वटा वडाहरु मध्ये वडा नं १ र २ बारपाक गाउँमा धान खेति गरिदैन बाकीँ ३,४,५,६,७ र ८ नम्बर वडामा धान खेति गरिन्छ। गाउँपालिकाका अध्यक्ष बिस्णु प्रसाद भट्ट आफै प्रत्यक्ष कृषकको खेतमा पुगी पानीले पारेको क्षेति को अनुगमन गरि धानको क्षेतीको बिवरण सङ्कलन गर्न निर्देशन दिनुभएको छ।

साथै पालिकाबाट कृषि प्राविधिक , अन्य जनप्रतिनिधि र खेत धनि कृषकको प्रत्यक्ष उपस्थितिमा क्षेतिको बिबरण सङ्कलन गरिएको गाउँपालीका का प्रवक्ता शुभ प्रभात नेपाली (जित बहादुर)ले बताउनु भएको छ। २०८२ को दोस्रो ठुुलो चााडपर्व तिहार लगतै कात्तिक ११ गते देखी १६ गते सम्म लगातार परेको बेमौसमी झरिको कारण देशेै भरि यसको असर कृषकहरु समक्ष परेको छ। कृषकहरुले धान खेती गर्ने क्रममा उन्नत जातको धानको बीउ लगाउने चलन रहेको हुँदा छिट्टै पाक्ने धान को बीउ लगाउने गर्दछन । जुन बीउ रोपेको तीन महिनामा पाक्ने गर्छ। जस अनुसार अहिले बारपाक सुलिकोटका कृषकहरुले पनि यसरीनै धान लगाएका हुन बर्ष भरि खाने खेति मुखैमा आएर नष्टहुनु कृषककोलागी ठुलो क्षेति भएकोछ। बदलिदो मौसम र विश्वमा परेको जलवायु परिवर्तनको प्रत्यक्ष मारमा बारपाक सुलिकोट गाउँपालिकाका कृषकहरु पनि परेका छन प्रवक्ता शुभ प्रभात नेपाली(जित बहादुर)बताउनु हुन्छ।
कृषकको वेथा कस्ले देख्ने, कस्ले बुझ्ने, कस्ले सम्बोधन गर्ने पेचिलो प्रश्न उठेको छ । हाम्रो नेपाल कृषि प्रधान देश भनेर परिचित छ। जनसङ्ख्याको चार भागमा तीन भाग जनताले कृषिमै आफ्नो श्रम पसिना बगाएकाछन तर पनि उनिहरुलाई दैनिक जीवन निर्वाह गर्न बिहान बेलुका हात मुख जोड्न धौ धौ नै परेको छ। देशमा श्रमजिबी कृषक, मज्दुरकै नाममा ठुुला ठुुला आन्दोल भए आनदोलनकै बलमा देशमा ठुुलै परिबर्तन पनि भयो संविधान बन्यो, गणतन्त्र लोकतन्त्र आयो नेपाल सङ्घीय संरचनामा गयो। तीन तहको सरकार बन्यो संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । जनताको चाहाना अबत हाम्रै पालामा श्ररमजिवी कृषक मज्दुर को पक्षमा काम हुन्छ भन्ने ठुुलै आस राखेका छन । स्थानिय सरकार जनताको घर दैलोमा प्रत्यक्ष भेटिने सरकार बनेको छ ।
सुख दुस्खमा समस्या साटासाट र सम्यस्या हल गर्ने सरकार स्थानिय सरकार बनेको छ। तर पनि स्थानिय सरकारको आफ्नै स्रोत साधन कम हुने भएकाले जनताको पिरमर्कामा भनेजति सम्बोधन गर्न सक्दैन चाहाना हुँदा हुँदै पनि स्रोत को अभाव भएकै कारण जनताको समस्या हल गर्न सकेको छैन। प्रदेश सरकार र संघिय सरकारले स्थानिय सरकालाई दिनुपर्ने दाईत्व जिम्वेवारी कानुन बमोजिम छ। तर पनि उनिहरुले माथीनै अड्काएर राखेका छन कानुन बमोजिम पाउनु पर्ने अधिकार पनि दिएकाछैनन्। अनि जनताको समस्या प्रदेश र संघ सरकारले बुजेको हुँदैन । यसको मत्लब के तलको जनता र स्थानिय सरकारलाई गुम्राहमै राख्नु पर्छ भन्ने होरु प्रश्न यहाँ उठेको छ।

प्रवक्ता शुभ प्रभात नेपाली (जित बहादुर) भन्नु हुन्छ। पटक पटक सरकार फेरिन्छ नयाँ नयाँ अनुहारमा मन्त्रि बन्छन। तर विपदको बेला जनतालाई सहयोग गर्न उनिहरु तत्पर भएको देखिदैन । हालसालै जेन जी पुस्ताको बलमा आन्दोलन भयो उक्त आन्दोलन बाट सत्तानै परिवर्तन भयो । उनिहरुले नागरिक सरकार पनि गठन गरे अनि कृषकहरुको यस्तो बेला मा राहत प्याकेज ल्याउनु पर्छकी पर्दैन प्रश्न यता पनि छ। नागरिक भनिने सरकारलाई रु अनि सबैको हातमुख जोड्न त तिनै कृषकहरुले माटोमा खेलेर उब्जाएको अन्न बालीनै चाहीन्छ होलानी पक्कै पनि। नागरिक सरकार र जेन जि ले माटो त खाँदैन होला ।
जति पनि स्थानिय सरकाले जनताको समस्या को समाधान गर्न पहल कदमी उठाएको छ । यसलाई सल्युट गर्नु पर्छ। जसरी बारपाक सुलिकोट गाउँपालिकाले कृषकहरुको क्षेति भएको धानको अनुगमन गरि रेकर्डेट गर्दै उचित राहतको लागि पहलकदमी गरेको छ प्रदेश सरकार र संघिय सरकारले पनि स्थानिय पालिकाको रेकर्डको आधारमा कृषकहरुलाई क्षेतिको मुल्याङ्कन गरि उचित व्यवस्था गरिनु पर्दछ। अनि मात्र यो देशमा जनताको सरकार छ भन्ने आवास जनतामा देखिने छ। प्रवक्ता शुभ प्रभात नेपाली (जित बहादुर)को भनाई छ। गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिकाले विपदको वेलामा कृषकलाई परेको समस्या को पहलकदमी उठाएको छ त्यसै गरि ७५३ वटै स्थानिय सरकाले पनि यो आवाज उठाएर प्रदेश सरकार र संघिय सरकार समक्ष पहलकदमी सङ्गै दबाव दिन आवस्यक छ। सबैले बारपाक सुलिकोट गाउँपालिका बाट केही सिकौँ ।
                            