काठमाडौं । गाजाको नागरिक सुरक्षा निकायले रातभर भएका हवाई हमलामा प्यालेस्टिनी क्षेत्रमा कम्तीमा ५० जना मारिएको बताएको छ । एक सैनिकको मृत्यु भएपछी इजरायली सेनाले विभिन्न क्षेत्रमा हमला गरेको थियो ।
एजेन्सीका प्रवक्ता महमूद बासलले ती हमलाहरूलाई युद्धविराम सम्झौताको स्पष्ट र खुला उल्लंघन भनेका छन् । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसिया भ्रमणका क्रममा आफूले मध्यस्थता गरेको युद्धविरामलाई खतरामा नपार्ने बताए ।
हमासअन्तर्गतको नागरिक सुरक्षा निकायले ज्यान गुमाउनेहरूमा २२ बालबालिका, महिला र वृद्धवृद्धा रहेको जनाएको छ । करिब २०० जना घाइते भएको बताएको छ । एएफपी
